जुन 6, 2026
ताजा समाचार

रविको दिल्ली दौरा सकियो, अब खनालको पालो

काठमाडौं । रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी स्वदेश फर्किने दिनमै शिशिर खनाल भारत भ्रमणमा जान लागेका हुन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने जेठ १८ गते भारत गएका थिए । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह लगायत उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरेका थिए ।

लामिछानेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेट गरेका छन् ।

रवि नेतृत्वको टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी थिए । रास्वपा प्रवक्ता मनिष झाका अनुसार टोली आज जेठ २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यता, परराष्ट्रमन्त्री खनाल भने समकक्षी एस जयशंकरको निमन्त्रणामा नयाँदिल्ली प्रस्थान गर्दैछन् । नेपाल परराष्ट्र मन्त्रालय का अनुसार भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, सीमा समस्या तथा दुई देशका साझा हितका विविध विषयमा छलफल हुने छ ।

जवाफ लेख्नुहोस्